बेनी, ३ भदौ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पन्छाउने क्रममा दुुई वटा बैंकको रु. एक करोड ६५ लाख रकम फेला परेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभुु बैंकको कागबेनी शाखा कार्यालय रहेको भवन गत आइतबार साँझ आएको बाढीले पुरिएको थियो ।
मुुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले आइतबार प्रभु बैंकको रु. ५१ लाख ६२ हजार २२६ फेला परेको जानकारी दिनुुभयो ।
“भग्नावशेष खोतल्ने क्रममा लकरभित्र रहेको रकम सुरक्षित भेटिएको छ,” उहाँले भन्नुुभयो “बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको रु. एक करोड पाँच लाख ३२ हजार ९ सय ६४ फेला परेको छ ।” बैंकका प्रतिनिधिहरुले रकम बुझिसकेका छन् ।
कागखोलामा आएको बाढीले कागबेनीमा २९ वटा निजी घरमा पूर्ण, १३ वटा घरमा आंशिक क्षति गरेको थियो । जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक पुल, विद्युत, खानेपानी आयोजनाका संरचनामा ठूलो क्षति गरेको छ ।
यसैगरी कागबेनीमा बाढीले क्षति पुु¥याएपछि अवरुद्ध बनेको खानेपानी आपुर्ति सूचारु भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय र जिल्ला समन्वय समिति मुुस्ताङले उपलब्ध गराएको पाइप जडान गरेर खानेपानी आपुर्ति गरिएको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङले जानकारी दिनुुभयो ।
कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामानहरू उत्खनन गर्ने र बाढीले पुरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नेपाली सेना, प्रहरी र स्थानीयबासी सबै मिलेर भग्नावशेष खोतल्ने, सामानहरू निकाल्ने गरिरहेका छन् ।