मोना जापानको आठौं महाधिवेशन सेप्टेम्बर ३ मा हुने

Shreekrishna hardware

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आठौं राष्ट्रिय महाधिवेशन आगामी सेप्टेम्बर ३ तारिख आईतबार टोकियोमा हुने भएको छ । मोना जापानको हालै बसेको कार्यसमितिको बैठकले विभिन्न जिम्मेवारीहरुको कार्यविभाजन गरी महाधिवेशनको तैयारीलाई तिब्र पारिएको अध्यक्ष सचिन श्रेष्ठले बताए ।

जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना जापानको आठौं महाधिवेशनबाट आगामी दुई वर्ष कार्यकालका लागि नयाँ नेतृत्व सहितको कार्यकारी समिति गठन गर्ने, बिधानलाई संशोधन गरी समयसापेक्ष बनाउने, आगामी कार्यकालका लागि भावी कार्ययोजना तथा कार्यनीति तर्जुमा गर्ने लगायतका मुलभूत कार्यसूची रहेको अध्यक्ष श्रेष्ठले बताए ।

Ban devision notice

जापानभरि छरिएर रहेका म्याग्देलीहरुलाई मोना जापानको महाधिवेशनमा सहभागी भईदिन अपिल गर्दै महासचिव गणेश श्रेष्ठले प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनामा स्वत:स्फुर्तरुपमा आबद्ध भई म्याग्देली एकता र जिल्लाबासीहरुबीचको भावनात्मक आत्मियतामा ऐक्यबद्धता जनाईदिन समेत आग्रह गरेका छन् ।

Shreekrishna

कोषाध्यक्ष ज्ञानेन्द्र केसी कार्कीका अनुसार मोना जापानको आठौं महाधिवेशन टोकियोको नेपाली हब मानिने शिनओकुबो स्थित जापान ग्लास इन्डस्ट्रीको सेन्टर हल (Address 3-21-16 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073)  माहुने भएको छ । महाधिवेशनको बिहानी चरणमा बन्द सत्र हुने र अपरान्ह खुल्ला सत्र अर्थात घोषणा सभा हुने उनले बताए । मोना जापानका वरिष्ठ उपाध्यक्ष बिशाल केसीले महाधिवेशनका अवसरमा जापानमै रहेका कलाकर्मीहरुद्वारा विविध मनोरञ्जनात्मक साँगीतिक प्रस्तुतीहरु पनि रहने जानकारी दिए ।

उनका अनुसार सो अवसरमा म्याग्देली लोकभाका तथा लोकनृत्यहरुको प्रस्तुती पनि रहने जनाईएको छ । आठौं महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यकारी समिति गठन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिका संयोजक तिलक मल्लका अनुसार निर्वाचन आचारसंहिता, निर्वाचन कार्यतालिका र साधारण सदस्यता तथा उम्मेदवारी सम्बन्धि जानकारी मोना जापानको आधिकारिक पेज मार्फत क्रमशः प्रकाशित गर्दै जाने कार्यक्रम रहेको बताईएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...