दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सूचारु

Gandaki Kotihome

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्सरे सेवा सञ्चालन भएको छ ।

मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्सरे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सूचारु हुन सकेको थिएन् । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्सरे मेसिन मर्मत गरेर बुधबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“आर्थिक स्रोतको अभावका कारण एक्सरे मेसिन सञ्चालन हुन सकेको थिएन,” उहाँले भन्नुभयो “धेरै प्रयास गरेर बायोमेडिकल ईञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि बुधबार दुई जनालाई पहिलो पटक एक्सरे सेवा दिएका छौ ।”

Upper Myagdi transmition line notice

पुरानो एक्सरे मेसिनको तयारी भइरहेको समयमा गत पुष महिनामा अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले केन्द्रलाई ५०० एमए क्षमताको एक्सरे मेसिन उपलब्ध गराएको थियो । केन्द्रमा जडान भएको विद्युतको क्षमता कम भएकाले नयाँ एक्सरे मेसिन सञ्चालन हुन सकेको छैन् ।

नयाँ एक्सरे मेसिन सञ्चालन गर्न धेरै समय लाग्ने भएपछि पुरानैलाई मर्मत गरेर सेवा सूचारु गरेको नेपालीले बताउनुभयो । सो क्षेत्रका बासिन्दाहरुलाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ ।

Annapurna aarohan ko notice

लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट रु. ४२ लाखमा ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो ।

५०० एमए क्षमताको एक्सरे मेसिन सञ्चालन गर्न ७५ देखि ८० केभीए क्षमताको विद्युतको स्टेपलाइजर आवश्यक पर्नेमा केन्द्रमा हाल ५० केभिए क्षमताको मात्र स्टेपलाइजर छ । बेनी अस्पतालमा रहेको ३०० एमए क्षमताको एक्सरे दरवाङ र दरवाङको एक्सरे बेनी अस्पतालमा साटफेर गराउन दाता लायन्स क्लवलाई पत्राचार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टीच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने भएका छन् ।

आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु. २४ लाख बजेट बिनियोजन गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ ।

भवन बनाइएकाले शव परिक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...