बेनी–जोमसोम सडक अवरुद्ध बनाएको बैसरीको पहिरो रोकथामको काम शुरु

Gandaki Kotihome

बेनी। कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक एक हप्तादेखि अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम शुरु भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम शुरु भएको हो ।

सडक देखि पाखो हुदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“छरिएको पानीको स्रोतलाई एककृति गरि बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौ,” उहाँले भन्नुभयो “करिब दुई सय मिटर लम्बाईको पहिरोको आधा भाग यसरीनै बगाईसकेका छौ । माटो जति पानीले बगाउने र खस्ने जस्तो देखिने ढुंगा डोजर लगाएर खसाल्ने । अडिन सक्नेलाई चलाएका छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।”

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताउनुभयो । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुंगामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ ।

पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको पहिरो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइप मार्फत सुरक्षित रुपमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

Annapurna aarohan ko notice

पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्ण रुपमा यातायात बन्द गरिएको छ । बैसरीको पहिरोले साउन २१ गतेदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको छ ।

बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । पहिरोले पुरेको जिप अझै निकालिएको छैन भने सवारी धनी समेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोट पटक लाग्ने र पुरिने जोखिम छ । पहिरो शुरु हुने स्थानबाटै दिर्घकालिन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ ।

बैसरी खण्डको विकल्पमा जिप, मोटरसाइकल र ट्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने बैकल्पिक सडक एकतर्फि रुपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम शुरु गरेको थियो ।

डोजर, ब्याकुहोलोडर, ट्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम भैरहेको कार्यालयका सव ईञ्जिनियर रविन चोखालले जानकारी दिनुभयो । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन लागिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...