माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समिति गठन

khali

पोखरा, । म्याग्दीबाट पोखरामा आएर विभिन्न पेशा तथा व्यवसायमा रहेका नेकपा माओवादी केन्द्रमा आस्था राख्नेहरु संगठित बनेका छन् । पोखरामा शनिबार भएको भेला तथा अन्तरक्रियाबाट माओवादी केन्द्र पोखरा—म्याग्दी सम्पर्क समिति गठन गरिएको छ ।
पोखरामा रहेका म्याग्देलीहरुले पार्टीलाई २०६४ को अस्थामा फर्काउने अठोट लिएर ‘मिसन—२०८४’ मा लाग्ने एकमतले प्रतिवद्धता समेत जनाएका छन् । सम्पर्क समितिको अध्यक्षमा लोकनाथ भट्टराई सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी उपाध्यक्षमा ओमबहादुर पुन, विष्णु विक र बेलबहादुर परियार रहनुभएको छ । समितिको सचिवमा नारायण गिरी, सहसचिव निर्मल कटुवाल, कोषाध्यक्ष बेकबहादुर विक र सहकोषाध्यक्ष सरु सिर्पाली हुनुहुन्छ ।


समितिको सदस्यहरुमा बेलबहादुर परियार, कुशल राई, आशिष राई, तिलकबहादुर घर्ती, कमल पाइजा, सनी कुमारी नेपाली, मनिसा बरुवाल, गोरख जुग्जाली, कोपिला परियार, जमुना परियार, गंगामाया गिरी, दण्डपानी गौतम गौतम र विष्णु विक हुनुहुन्छ । यसैगरी दिल परियार, झलक विरही, मन कुमारी दर्जी, भीम कुमारी राई, कमल सिर्पाली र माया छन्त्याल सदस्य चयन हुनुभयो ।
भेलाले १६ सदस्सीय सल्लाहाकार समिति समेत गठन गरेको छ । समितिको संयोजकमा सुर्वण रिजाल चयन हुनुभयो भने सदस्यहरुमा लिलबहादुर पर्तेल, हितमान छन्त्याल, रामबहादुर सुनार,धनबकादुर विक,कर्णबहादुर छन्त्याल, दिवबहादुर विक, रासबहादुर विक,ओमबहादुर घर्तीमगर, इन्द्रबुढामगर, प्रेमप्रसाद छन्त्याल, सतबहादुर राना, बुद्धीबहादुर छन्त्याल,मोतिलाल विक, प्रेमप्रसाद छन्त्याल र गोविन्द छन्त्याल रहनुभएको छ ।

Shreekrishna hardwear in news
khali


भेलामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली(सुविन)ले म्याग्दी जिल्लाको समग्र विकास माओवादीले जित्दा मात्र सम्भव छ भन्ने पुष्टि भएको बताउनुभयो । चालू वर्षमा प्रदेश सरकारबाट म्याग्दीका विभिन्न योजनाहरुमा करोडाँै बजेट विनियोजन गरिएको भन्दै योजना कार्यान्वयनबाट विकासले फड्को मार्ने उहाँले बताउनुभयो ।
माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक समेत रहनुभएका मन्त्री जुग्जालीले भन्नुभयो,“अहिले म्याग्दीको विकासका लागि काम गर्ने अवसर आएको छ । अहिले गर्न नसके गर्न सकिदैन । त्यसैले जनताले देख्ने गरी विकास गछौँ । शिर झुकाउने काम गर्दिन, जतिञ्जेल पदमा बस्छु राम्रो गर्छु ।” मन्त्री जुग्जालीले पोखरामा रहेका म्याग्देली जनताको दुःख सुखमा आफू सँधै साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।


म्याग्दीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य हरि भण्डारीले आफूहरुको ध्यान म्याग्दीका जनताको मुहार फेर्नेतर्फ केन्द्रीत रहेकाले माओवादीकै नेतृत्वमा मात्र विकास सम्भव रहेको बताउनुभयो । विकास र समृद्धिका लागि आफूहरुलाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका सहसचिव टेकबहादुर विक, माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान),धौलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुनमगर,पार्टीका प्रदेश कमिटि सदस्य झकबहादुर छन्त्याल लगायतले माओवादीलाई विश्वास गरेर विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...