संगीतकर्मी संघको तिज गित प्रतियोगिता

Gandaki Kotihome

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ ।

भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Annapurna aarohan ko notice

संघका अध्यक्ष गोकुल विश्वकर्माले प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश ः रु. २२ हजार २२२, १५ हजार ५५५, सात हजार ७७७ र तीन हजार ३३३ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । पुरस्कारको साथमा ट्रफी र प्रमाणपत्र पनि प्रदान गरिने भएको छ ।

Upper Myagdi transmition line notice

जिल्ला समन्वय समितिको सभाहलमा प्रतिस्पर्धा हुने प्रतियोगितामा सहभागि हुन चाहनेले २०८० साउन २० गते देखि भदौ २८ गतेसम्म नाम दर्ता गर्न सक्ने संघका महासचिव गोकुल सुनारले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु. दुई लाख पचास हजार खर्च हुने अनुमान गरिएको छ ।

संघले यसअघिका वर्षमा पनि तिज पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...