बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

khali

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिरोका कारण आइतबार बिहान देखि अवरुद्ध भएको सडक बुधबार दिउँसो सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिनुभयो । आयोजनाको ठेकेदार कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए ।

Shreekrishna hardwear in news
khali

सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारी साधन बैसरी र म्याग्दीबाट मुस्ताङ तर्फ हिडेका सवारी साधनहरु राहुपारे खण्डमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मुस्ताङ जान र फर्किएका तिर्थयात्री, पर्यटक र स्थानीयबासीहरु सडक अवरुद्ध हुँदा अलपत्र परेका थिए । बैसरीको अधेरीखोला खण्डमा सडक माथिको पाखोबाट निरन्तर पहिरो खस्दा सवारी साधन र यात्रुलाई चोटपटक लाग्ने र दुर्घटना हुने जोखिम छ ।

गत वर्षदेखि शुरु भएको पहिरो विस्तार हुने क्रम जारी छ । भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाट देखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचना मार्फत अनुरोध गरेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...