बिवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई कारबाहीको माग

Gandaki Kotihome

बेनी । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले आनुवांशिक रुपमा नै तामाङ, मगर लगथायतका आदिवासी समुदायलाई अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरि दिएको भ्रामक र तथ्यहीन अभिव्यक्तिले समुदायको आत्मसम्मा र प्रतिष्टामा चोट पु¥याएको भन्दै कारबाहीको माग गरेको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीका उपाध्यक्ष खम थापा मगर र निवर्तमान अध्यक्ष डकमायाँ पाईजा नेतृत्वमा पुगेका मगर संघ जिल्ला समन्वय समितिको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

Annapurna aarohan ko notice

आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासलाई गलत अर्थ र व्याख्या लगाउँदै भ्रम फैलाउने अधिवक्ता पाण्डेलाई कारबाहीको लागि पटक पटक ध्यानकर्षण गराउँदा समेत कारबाही प्रकृया अघि बढेको सन्दर्भमा साउन ९ गते प्रहरी परिसर टेकुमा उजुरी दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो ।

Upper Myagdi transmition line notice

पक्राउ पुर्जी जारी भएपनि आबश्यक कारबाही प्रकृया अघि नबढेपछि साउन १७ गते प्रहरी परिसर टेकेमा घेराउ गरेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले अनाबश्यक बल प्रयोग गरेर दर्जन बढीलाई पक्राउ गरेको र अश्रुग्यास, लाठी, रड, बुट प्रयोग गरेर एक दर्जन बढी महिला तथा पुरुष अभियान्ताहरुलाई नियन्त्रणमा लिएपछि समेत चरम यातना दिएको विरोधमा सोमबार देशभर एकसाथ शान्तिपूर्ण आन्दोलनको घोषणा गरिएको हो ।

ज्ञापन पत्रमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम कारबाहीको माग गरिएको छ भने शान्तिपूर्ण आन्दोलनमा अभियान्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कार्बाही गर्न माग गरिएको छ भने यातनाबाट घाईते भएका अभियान्ताहरुको उपचार खर्च सहित उचित क्षतिपूर्ति दिन माग समेत गरिएको छ । उक्त ज्ञापन पत्रलाई गृहमन्त्रालयमा तत्कालै पठाइदिने सहायक प्रजिअ पन्तले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...