बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो ।
संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभएको छ । सदस्यहरुमा नबिन के.सी., भूमिराज पुन, दलप्रसाद पुन, भुवन रोका, रस्मिन राना, रत्न थजाली, अमर गुरुङ, नरबहादुर थापा र दुुर्गा बुुढा मगर चयन हुनुुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीलाई प्रमुख सल्लाहकार, बेनी नगरपालिकाको कार्यालयलाई संरक्षक, नगरपालिकाका दश वटै वडाका अध्यक्षहरु, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र जे.के. फाउण्डेशनलाई सल्लाहकारमा चयन गरिएको छ ।
जिल्ला ब्याडमिन्टन संघ, म्याग्दीका अध्यक्ष हिमालय कार्कीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, बिक्रम सुवेदीको सञ्चालन र भुुपेन्द्र बुढाथोकीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...