नियोजित रुपमा कालीगण्डकीमा गाडी खसाल्ने कमलेस र उनकी श्रीमती यसरी परे कानुनी फन्दामा

khali

बेनी, नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसालेका चालक र उनकी श्रीमतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप कालीगण्डकीमा खसालेका चालक कमलेस परियार र उनकी श्रीमति सिता लौडारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार जिल्ला अदालत म्याग्दीबाट सात दिनको म्याद थप गरेर उनिहरुलाई हिरासतमा राखिएको बुधबार प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरले साउन १० गते दानाबाट बेनी फर्कने क्रममा गाडी कालीगण्डकीमा फालेर भागेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका २६ वर्षीय कमलेसलाई काठमाडौमा पक्राउ गरिएको जानकारी दिए ।

Shreekrishna hardwear in news

‘बेनीको सुमन किराना स्टोर्सको चालक र पैसा उठाउने काम गर्दै आएका कमलेसले साहुलाई हिसाब बुझाउन नसकेपछि नियोजित रुपमा गाडी खोलामा खसालेर भागेको अवस्थामा पक्राउ गरेका छौ,’ उनले भने ‘यो घटनामा संलग्न भएकी कमलेसकी श्रीमति सितालाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखेका छौ ।’ आरोप पुष्टि भएमा जनही पाँच वर्ष कैद र रु. पचास हजार जरिवाना हुने कानुन छ ।

साउन १० गते दिउँसो देखि सम्पर्क बिहिन भएका कमलेस र गाडीको खोजी गरिदिन सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि प्रनाउ कुँवरको नेतृत्वमा ६ जनाको टोलीले घटनास्थलमा पुग्नुका साथै खोजीका लागि कालीगण्डकी किनारमा शसस्त्र प्रहरी परिचालन भयो ।

khali

रघुगंगा गाउँपालिका–३ घाडेढुंगा स्थित कालीगण्डकी किनारमा हराएको जिपको टायर र भिरकाटे स्थित कालीगण्डकी किनारमा जिपको अगाडीको सिसा, पैसा उठाउन दिइएको नगदी रसिद, बिल, चलानी लगायत सामग्री फेला परेको थियो । किनारमा टायर र सिसा भेटिएपछि धेरैले गाडीसँगै चालकपनि उर्लेको कालीगण्डकीमा वेपत्ता भएको अनुमान गरेका थिए ।

गाडी खसालेर ११ गते बिहान बेनीमा रहेकी श्रीमती सितालाई लिएर पर्वतको कुश्मा पुगेका कमलेस श्रीमतीलाई पोखराबाट बेनी फर्काएर कास्कीको घान्द्रुक घुमेर काठमाडौ पुग्छन् । प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार श्रीमानको खोजी गरिदिन उजुरी गरेकी र आफन्तसँगै रुवाबासी गरिरहेकी सितालाई कमलेसले फरक फरक नम्बरबाट सम्पर्क गरिहेका थिए ।

‘आफन्त ल्याएर श्रीमानको अवस्थो पत्ता लगाउन भनेर रुवावासीको नाटक सहित दवाव दिइरहेकी सिताको निगरानी गरिरहेका थियौ,’ प्रहरी निरीक्षक गुरुङले भने ‘सिता र कमलेस कुश्मामा भेट भएर पोखरा पुगेको, मोवाइलमा सम्पर्क भइरहेको तथ्यका आधारमा काठमाडौबाट पक्राउ गर्न सफल भयौ ।’

काठमाडौ महानगरपालिका–२६ मित्रनगरमा रहेको एक गेष्ट हाउसबाट पक्राउ परेका कमलेसको साथबाट नगद १९ हजार रुपैयाँ र बेनी नगरपालिका–७ मंगलाघाटको महारानी चोकमा रहेको डेरामा सिताले लुकाएर राखेको दुई लाख पाँच हजार ३८० रुपैयाँ बरामद भएको छ ।

कमलेसले गाडी खसाल्नुअघि दानाबाट बेनी तर्फ आउने बाटोमा पर्ने भुरुङ तातोपानीको मोवाइल पसलबाट सिम कार्ड निकालेर नयाँ नम्बर प्रयोग गरेको, घटना पश्चात कुश्मा हुदै पोखरा आफन्तकहाँ गएर बसेको तथ्यहरुले घटना नियोजित रहेको पुष्टि गर्ने प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...