बिरामी पशुको उपचार गर्न धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।

बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको टोली परिचालन गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ का अध्यक्ष देवेन्द्र रोका लगायतको टोली औषधी सहित करिब दुई दिन जंगलमा पैदलयात्रा गरेर ढोरपाटन शिकार आरक्ष नजिकैको बुकीमा पुगेको हो ।

Shreekrishna

जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको चार वटा टोली रुवाचौर, नौतले, जलजला र धन्समानेको बुकीको गोठमा परिचालन भएको टोलीमा सहभागि धवलागिरी गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले जानकारी दिनुभयो ।

“बर्खामा चरनका लागि बुकीमा लगेका गाइगोरु धमाधम बिरामी परेका र केही मरेका खबर आएपछि औषधी ल्याएर बुकीका खर्कमा आएका हौ,” गाउँपालिकाका उपाध्यक्ष पुनले भन्नुभयो “धवलागिरी गाउँपालिकाका कृषकहरुको सबै गोठमा पुगेर बिरामी पशुको उपचार गरेर फर्कन्छौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने लुलाङ, खोरीया, लमसुङ, मुना, फलियागाउँ, दरका कृषकहरुले बर्खामा चरणका लागि गाई, गोरु, भैसी, भेडा लिएर समुन्द्रि सतहदेखि तीन हजार मिटर भन्दा बढी उचाइमा रहेका बुकीमा गोठ लगेका छन् । बुकीमा लम्पी स्कीन महामारीको रुपमा फैलिएपछि नियन्त्रण गर्न गाउँपालिकाको टोली त्यहाँ गएको हो ।
लम्पी स्किनबाट बिरामी गाईगोरुको उपचारका लागि गाउँपालिकाले औषधी खरिद गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन बिरुद्धको भ्याक्सीन र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाले औषधी उपलब्ध गराएको थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले अन्य वडामा पनि औषधी सहित प्राविधिकहरुलाई गोठ गोठमा परिचालन गरिएको बताउनुभयो । ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् ।

यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । लम्पी स्किनका कारण गाईभैसी बिरामी पर्दा दुध उत्पादन घटेको छ । गोरु बिरामी हुँदा धान रोपाई लगायत खेतीबाली लगाउने काम प्रभावित बनेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...