गलेश्वरमा साउनको दोस्रो सोमबार करिब रु. एक लाख भेटी

khali

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार करिब रु. एक लाख भेटि संकलन भएको छ ।

साउन ८ गते गलेश्वर शिवालयमा पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले दोस्रो सोमबार ९६ हजार १४१ भेटि संकलन भएको जानकारी दिनुभयो ।

पानी परेकाले कृषकहरु खेतीबाली लगाउने काममा व्यस्त भएको हुँदा पहिलो सोमबारको तुलनामा दोस्रो सोमबार भक्तजन आगमन र भेटि कम भएको हो ।

Shreekrishna hardwear in news
khali

पहिलो सोमबार १ गते गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट रु ३ लाख ६५ हजार ६४५ रकम संकलन भएको थियो । कोषले मन्दिरमा भक्तजन र सहयोगदाताबाट संकलन हुँदै आएको भेटी र सहयोग रकमलाई गणना गरेर बैँकमा जम्मा गर्दै आएका छन् ।

साउन महिनाको सोमबार भगवान शिवको पुजाआराधाना गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । शालीग्राम शिला पाईने एक मात्रै कालीगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...