मुस्ताङमा पर्यटक आगमन ४५ प्रतिशतले बढ्यो

Gandaki Kotihome

जोमसोम, । मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा ४५.७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले आर्थिक वर्ष २०७९÷०८० मा कुल ७१ हजार ७०७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो । “यो संख्या कोभिड अघि र पछिको पर्यटकीय तथ्यांकमा अहिलेसम्मकै उच्च वृद्धि हो,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७८÷०७९ मा कुल ३८ हजार ८९६ जना विदेशी पर्यटक भित्रिएका थिए ।”

Upper Myagdi transmition line notice

अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ हजार ८११ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । २०७९÷०८० मा सार्क देशका ५९ हजार ३१० जना र तेस्रो मुलुकका छ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । अघिल्लो वर्ष सार्क देशका ३६ हजार १५३ जना र तेस्रो देशका दुई हजार ७४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

Annapurna aarohan ko notice

पाँच हजार ६४८ जना अन्नपूर्ण चक्रीय पदमार्गको थोराङ्ला झञ्याङ पारेर गरेर मनाङ हुदै मुस्ताङ आएका हुन् । थोराङ पास गरेर मुस्ताङ आएका ५६० जना सार्क मुलुक र पाँच हजार ८८ जना तेस्रो मुलुकका छन् ।

अघिल्लो वर्षको तुलनामा अन्नपूर्ण चक्रीय पदमार्ग भएर मुस्ताङ भित्र्ने पर्यटकको संख्या ८७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पाँच हजार ६४८ जना थिए । वैशाख महिनामा सबैभन्दा बढी १६ हजार १३७ र कम माघ महिनामा ६२० जना पर्यटक आएका थिए ।

अर्ध निषेधित क्षेत्रका रुपमा रहेको उपल्लो मुस्ताङमा तीन हजार ३८८ जना पर्यटकले भ्रमण गरेका छन् । गत वर्ष अनुकुल मौसम, विपद् नभएको, सडक यातायातको सहज पहुँच, होटल तथा लजको सुविधा हुन थालेपछि मुस्ताङमा पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख सुवेदीले बताउनुभयो ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस