लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले आरन व्यवसायीलाई औजार र सामग्री वितरण गरेको छ ।
लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार उपाध्यक्ष दिपक आचार्यले गत आर्थिक वर्षको लक्षित बर्ग कार्यक्रम अन्तरगत खरिद गरिएको उपकरण सात जना आरन व्यवसायीलाई वितरण गर्नुभएको हो ।
आरन सञ्चालनका लागि आवश्यक पर्ने एक÷एक वटाका दरले ठूलो घन, सानो घन, हावा फाल्ने विद्युतीय पंखा, ग्यालेण्डर वितरण गरिएको हो । आरन व्यवसायलाई आधुनिक र व्यवसायीकरण गराउन निशूल्क सामग्री वितरण गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो ।
महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्माले परम्परागत रुपमा गरिदै आएको आरन व्यवसायलाई आधुनिकिरण र संरक्षण गर्न पहल गरिएको बताउनुभयो ।