बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च, लक्ष्य भन्दा बढी राजस्व संकलन

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा ८६ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ ।

कुल रु. ८३ करोड ५८ लाख ५८ हजार ९७ लाख ४२६ बजेट बिनियोजन भएकोमा रु. ७२ लाख ५८ लाख ७२ हजार ७९९ अथवा ८६.८३ प्रतिशत बजेट खर्च गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालुतर्फ ८८.९३ र पुजिगततर्फ ८२.९७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । चालुतर्फ रु. ५४ करोड १८ लाख ५२ हजार २८३ बिनियोजन भएकोमा रु. ४८ करोड १८ लाख ९५ हजार ३३ खर्च भएको छ ।

Shreekrishna hardwear in news
khali

पुजिगततर्फ रु. २६ करोड ४० लाख ४५ हजार १४३ बिनियोजन भएकोमा रु. २४ करोड ३९ लाख ७७ हजार ७६६ खर्च भएको छ । गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

रु. चार करोड २३ लाख ७० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा रु. चार करोड ६१ लाख १५ हजार २५६ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

करको दायरा र जनप्रतिनिधिको सक्रीयताले आन्तरिक राजस्व बढेको नगर प्रमुख सुरत केसीले बताउनुभयो । वडा न. ७ र ८ का जनप्रतिनिधिहरुले बेनी बजारको सार्वजनिक जग्गा भाडामा लिएकाहरुबाट बक्यौता उठाउन ताकेता गरेका थिए ।

यसैगरी राजस्व चुहावट रोक्न अनलाइन मार्फत राजस्व संकलन गर्न थालिएको थियो । गत आर्थिक वर्षमा बजेट बिनियोजन भएका ३६८ योजनामध्ये ३३६ योजना सम्पन्न भएका नगरपालिका कार्यालयका सुचाना अधिकारी युवराज थापाले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...