गलेश्वर आमा समूहलाई थान कुर्चि सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । बेनी बजारका व्यवसायि लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रममा सहयोगदाता घिमिरेले गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी मार्फत आमा समूहका अध्यक्ष फुलकुमारी रोकालाई उक्त कुर्चि हस्तान्तरण गर्नुभएको थियो । अगरबत्तिको आधिकारीक विक्रेता समेत रहनुभएका व्यवसायि घिमिरेले व्यापार व्यवसायबाट भएको आम्दानीको केहि हिस्सा सामाजिक उत्तरदायित्वको क्षेत्रमा परिचालन गर्ने उदेश्यले आमा समूहलाई कुर्चि सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन र आमा समूहका अध्यक्ष रोकाले व्यवसायि घिमिरेले उपलब्ध गराएका कुर्तिहरु आमा समूहसंगै गलेश्वर क्षेत्रका सामाजिक कार्यमा उपयोगी हुने बताउँदे सहयोगदातालाइृ धन्यबाद ज्ञापन गर्नुभएको थियो । आमा समूहका सल्लाहकार रविना भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिब निसा जिसी महतले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...