कुमारी बैंकको बेनी शाखाद्धारा दुर्घटना बीमा वापतको रकम हस्तान्तरण

Gandaki Ghumau

बेनी, । कुमारी बैंक लिमिटेडको बेनी शाखाले दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दीका एक ग्राहकको परिवारलाई विमा वापतको रु. दश लाख हस्तान्तरण गरेको छ ।

बैंकको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत गत मंसिरमा दुर्घटनामा परि ज्यान गुमाउनुभएका अन्नपूर्ण गाउँपालिका–६ घारका कृष्ण बरुवालको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरिएको हो ।

Gunasthariya Shiksya

कुमारी बैंकको बेनी शाखाका प्रबन्धक मिलनकुमार श्रेष्ठले बरुवालका भाईलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको थियो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले रु. २६ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

Shreekrishna

बैंकले यो बीमा सुविधा, सानिमा जि.आई.सि. इन्स्योरेन्स लि. सँगको सहकार्यमा गरेको हो । परिवार सुरक्षा बचत खाता योजनामा दुर्घटना बीमा, जीवन बीमा, चिकित्सा उपचार तथा अन्य गम्भीर रोगहरुका बीमा पर्दछन् । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...