बेनी, । नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति म्याग्दीको सातौ साधारणसभा तथा अधिवेशन शुक्रबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट एसोसियनको अध्यक्षमा बिक्रम सुवेदी चयन हुनुभएको छ । रनबहादुर शाही उपाध्यक्ष, निलकण्ठ सुवेदी सचिव, रक्षा पौडेल कोषाध्यक्ष, शितल बानिया सहसचिव र सहकोषाध्यक्षमा टेकबहादुर बिक चयन हुनुभएको छ । सदस्यहरुमा यामबहादुर खत्री, कमलबहादुर केसी, बासुदेव घिमिरे, सृष्टि लामिछाने बानिया र दलबहादुर मिजार रहनुभएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षता, केन्द्रिय सदस्य ज्ञानु कुमारी थापाको प्रमुख आतिथ्यता, रणबहादुर शाहीको स्वागत र बिक्रम सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य योगेन्द्रबहादुर बानिया, मालपोत कार्यालयका प्रतिनिधि रमाकान्त घिमिरे, निलकण्ठ सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।