कृषि ज्ञान केन्द्र मार्फत १५ वटा साना सिचाई योजना निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दी मार्फत आर्थिक वर्ष २०७९÷०८० मा १५ वटा साना सिचाई आयोजना निर्माण भएको छ ।

केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाईन, नहर निर्माण र मुहान संरक्षण गरेका हुन् । १ वटा पोखरी, २ ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाईन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिचाई सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले जानकारी दिनुभयो । ३०० घरधुरी कृषक लाभान्वित भएका छन् ।

“साना सिचाई कार्यक्रम मार्फत १५ वटा समूहलाई रु. २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ,” उहाँले भन्नुभयो “केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समुहको १० प्रतिशत श्रमदानमा सिचाई योजना निर्माण भएका हुन् ।”

Shreekrishna

साना सिचाई योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई रु. एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ । मुहानको संरक्षण, इन्टेक, टंकी, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिचाईको ब्यवस्था मिलाएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गाउँपालिका, सिचाई डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिचाई कार्यक्रम मार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । सिचाई पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाई गर्न सहज भएको बेनपा–९ तोरीपानीका तुलसीराज गिरीले बताउनुभयो ।

मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिचाई गर्न सहयोग मिलेको छ । कार्यक्रम मार्फत धेरैजसो कृषकहरुले पाइप खरिद गरेका छन् । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलीएको गण्डकी प्रदेश अन्तरर्गत छ वटा स्थानीय तह भएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन छ ।

खेतीको लागि प्रयोग भएको १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन मध्ये २७.९४ प्रतिशतमा नियमित सिचाई सुविधा छ । ७२.०६ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ ।

यसैगरी कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन भएको मध्य ६४.०३ प्रतिशत बजेट खर्च गरेको छ । रु. पाँच करोड ४६ लाख ७६ बजेट बिनियोजन भएकोमा रु. तीन करोड ५० लाख दश हजार खर्च भएको कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...