उत्कृष्ट कृषक सुरेश ढुङ्गानालाई सम्मान

Gandaki Kotihome

बेनी, । गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गर्नुभएका बेनपा–७ का सुरेश ढुङ्गानालाई सोमबार बेनीमा सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ढुंगानालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद बिमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदी लगायतले ढुंगानालाई सम्मान गर्नुभएको थियो ।

२० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयले असार १५ गते ढुंगानालाई रु. २० हजार राशीको कृषक पुरस्कार प्रदान गरेको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

म्याग्दीका ढुंगाना वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय हुनुहुन्छ । कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर रु. पाँच लाखको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुङ्गाना गत हप्ता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित हुनुभएको थियो । फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ ।

फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म रु. एक करोड लगानी गरिसकेको ढुङ्गानाको भनाइ छ । फर्ममा तीन जनाले रोजगारी पाएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुँदा पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...