भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा उत्पादीत विरुवा वितरण शुरु

khali

बेनी, । भू–तथा जलाधार संरक्षण कार्यालयको बेनी स्थित सेवा केन्द्रको नर्सरीमा उत्पादन भएको बिरुवा म्याग्दीमा कृषकहरुलाई वितरण गर्न थालिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विरुवा वितरण कार्यक्रमको बुधबार सुरुवात गर्नुभएको थियो ।

भू तथा जलाधार संरक्षण कार्यालय पर्वतको बेनी स्थित सम्पर्क कार्यालयका प्रमुख शम्भुकुमार मिश्रले कार्यालयको कार्यक्रम बाहेक बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा पनि बिरुवा उत्पादन गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

वार्षिक कार्यक्रम अनुसार २० हजार, बेनी नगरपालिकाको आर्थिक सहयोगमा १८ हजार र रघुगंगा गाउँपालिकाको सहयोगमा १५ हजार बिरुवा उत्पादन भएको छ । स्थानीय तहको सहयोगमा उत्पादन भएको बिरुवा सम्बन्धित पालिकामा वितरण गरिने मिश्रले बताउनुभयो ।

khali

राईखन्यु, निमारो, ईपिल ईपिल, क्यासियासिमिया र सुपर नेपियर जातका बहुबर्षे डालेघाँसका बिरुवा उत्पादन गरिएको छ । पहिरो, नदी कटानको जोखिम भएको ठाउँमा रोपिएको डालेघाँसबाट कृषकहरुलाई घाँस आपुर्ति गर्न प्रभावकारी बनेको छ । बाख्रा, गाईभैसी पालक कृषकहरु उत्पादन लागत घटाउन घाँस खेतीमा आकर्षित भएका छन् ।

यसैगरी डिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन भएका र खरिद गरिएका विरुवा वितरण अन्तिम चरणमा पुगेको छ । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटका अनुसार घाँस र काष्ठ प्रजातिको ७२ हजार र २१ हजार जडिवुटी प्रजातिका बिरुवा उत्पादन भएको थियो ।

राईखन्यु, निमारो, चाँप, कुरिलो, निम, कल्कीफुल, पारिजात, गल्मोहर, लालीगुराँस, टिम्मुर कुरिलो प्रजातिका विरुवा वन समूह र उपभोक्ताहरुलाई वितरण गरिएको हो । कार्यालयले खरिद गरेको ११ हजार ५०० वटा ओखर, सतुवा लगायत जातका विरुवा आवेदन पेश गरेका कृषकहरुलाई वितरण गरिने भएको छ ।

“वनलाई आयआर्जन र उत्पादनसँग जोड्न निजी वन विस्तारमा जोड दिएका छौ,” वन अधिकृत रानाभाटले भन्नुभयो “घाँसबाट कृषकलाई आहरा आपुर्ति सहज हुने र उत्पादन लागत घटाउन सहयोग पुग्छ । फलफुल र जडिवुटी खेती गरेर आम्दानी गर्न सक्छन् ।”

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...