अन्नपूर्णको प्रविधिमैत्री विद्यालय अभियान

Gandaki Ghumau

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले प्रविधिमैत्री विद्यालय अभियान सञ्चालन गरेको छ ।

परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ४ देखि १० सम्म विज्ञान र प्रविधि भन्ने विषय थप भएको छ । तर अधिकांश आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टर, ल्यापटप, इन्टरनेटको अभाव छ ।

परिमार्जीत पाठ्यक्रम अनुसार विज्ञान प्रविधि विषयको पठनपाठन गराउन र विद्यालयको प्रशासनिक गतिबिधिलाई सहज बनाउन प्रविधिमैत्री विद्यालय अभियान थालेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गणेशबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिकाको अध्यक्षसँग आधारभूत विद्यालयको आइसिटी सुदृढीकरण कार्यक्रम अन्तरगत १० वटा विद्यालयलाई प्रिन्टर र डेक्सटप कम्प्युटर एक÷एक सेट उपलब्ध गराइएको हो । प्रस्ताव पेश गरेर छनौट भएका विद्यालयहरुलाई ७५ प्रतिशत अनुदानमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको बताउनुभयो ।

‘सूचना प्रविधिका सामग्री नभएका विद्यालयलाई त्यस्ता सामग्री उपलब्ध गराउन दुई पटक सूचना प्रकाशन गरेर प्रस्ताव माग गरिएको थियो,’ उहाँले भन्नुभयो ‘प्रस्ताव पेश गरेका दश वटा विद्यालयलाई छनौट गरेर रु. आठ लाख पचास हजारमा एकमुष्ट ब्राण्डेड कम्प्युटर प्रिन्टर खरिद गरेर वितरण गरेका छौ ।’

घरापको निलगिरी, दोसल्लेको शिवालय, पोखरेबगरको पोखरे, घारको भूवानी, ठाडाको ज्योति, काभ्रेको सरस्वती, घारको मुक्तिपथ, भुरुङको हिमालय, महभिरको चन्द्र र औलाको मण्डली आधारभूत विद्यालय छनौट भएका छन् । आगामी वर्षपनि यो कार्यक्रमलाई निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...