बेनी–गलेश्वर सडकमा आशा लाग्दो प्रगति

khali

बेनी, । नेपालका धेरै जसो सडक, भवन, सिचाई, खानेपानी, जलविद्युत, प्रशारण लाइन लगायतका विकास आयोजना ढिलासुस्तिले थलिएका छन् ।

राष्ट्रिय महत्वका विकास आयोजनामा भएको ढिलाईले एकातर्फ नागरिकले सुविधा पाउन नसकेको र अर्कोतर्फ समयसँगै लागत बढ्ने समस्या त छदैछ । कतिपय आयोजना निर्माण पुरा नहुदै अधुरो र अलपत्र बनेका छन् ।

धेरैजसो विकास आयोजना ढिलासुस्तिका कारण अलपत्र बनिरहेको अवस्थामा उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काममा भएको चामत्किारिक भौतिक प्रगतिले चौतर्फि प्रशंसा बटुलेको छ ।

Shreekrishna hardwear in news

कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा पाँच महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको हो ।

जिल्लामा भित्रिएका ठुला योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको कामले चौतर्फी प्रशंसा बटुलेको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हाँसिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको,” उहाँले भन्नुभयो “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहिजकरण गर्ने हो भने ढिलासुस्ति हटाउन सकिने सन्देश दिएको छ ।”

khali

बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो ।

उहाँका अनुसार २०७९ माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकिएको छ ।

“यस सडकमा बेस हाल्न र कालोपत्रे काम मात्र बाँकी छ,” उहाँले भन्नुभयो “बर्खा रोकिने वित्तिकै सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी र आयोजना कार्यालय छ ।” मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तल माथि पर्खाल, चारवटा कल्भट, दुई सय मिटर आरसीसी ढलानको काम सकिएको बताउनुभयो ।

दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि कम्पनीले भ्याट÷पिएससहित रु. १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीविच सम्झौता भएको थियो ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीय रुपमा नियमित रुपमा अनुगमन, निरीक्षण र समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिका सहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवात जावातमा सहज हुने छ ।

कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँगुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र कोरिडोरको सक्रियतामा योजना अघि बढेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...