गण्डकीका विद्यार्थीले चिनको सिचुवानमा पढ्नका लागि छात्रवृत्ति पाउने

Shreekrishna hardware

बेनी, । गण्डकी प्रदेशका विद्यार्थीहरुले मित्रराष्ट्र चिनको सिचुवान प्रदेशका कलेजमा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् ।

असार १२ देखि १४ गतेसम्म सिचुवानमा भएको टुवेल चाईना साउथ एसिया र साउथ इस्ट एसीया विजनेस समिट २०२३ का अवसरमा वार्षिक ५० जनाका दरले चार वर्षमा २०० जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सहमति भएको हो ।

गण्डकी प्रदेशबाट समिटमा सहभागि हुनुभएका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गण्डकी प्रदेश सरकार र सिचुवान प्रान्त सरकारसँग समन्वय गर्ने सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

Shreekrishna
Ban devision notice

“२०१९ देखि २०२२ सम्मका लागि भएको सम्झौता सकिएको रहेछ । सिचुवान प्राप्त सरकारले गण्डकीका थप विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने प्रस्ताव गरेको छ,” उहाँले भन्नुभयो “सिचुवानमा मैले पाएको जिम्मेवारी अनुसार छिट्टै गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर बैठक गरेर विद्यार्थीलाई छात्रवृत्तिमा पठाउने प्रक्रीयाका लागि पहल गर्छु ।”

मेडिकल, ईञ्जिनियरीङ, होटल म्यानेजमेन्ट, सोसल साइन्स विषय पढ्नका लागि सिचुवान प्राप्त सरकारले छात्रवृत्ति उपलब्ध गराउने थापाले बताउनुभयो । साथै जिसस प्रमुख थापाले सो बैठकमा चार्मीङ साउथ एसिया ओपरटेप विल्ड न्यु सिल्क रोड विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सो क्रममा पोखरा–सिचुवान हवाई सम्बन्धलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...