बेनी अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।

बेनी अस्पतालले आयोजना गरेको कार्यक्रममा सामाजिक परिक्षण गर्ने जिम्मेवारी पाएको गैरसरकारी संस्था कदम म्याग्दीका कार्यकारी निर्देशक मुक्ति ढुङ्गानाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अस्पतालको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनलाई आधार मानेर सेवाग्राहीसँग छलफल र अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारिएको ढुंगानाले बताउनुभयो । अस्पतालको गुनासो सुनुवाईका लागि राखिएको पेटिका नियमित खोलेर मुचुल्का बनाउने र त्यसको सम्बोधनमा ध्यान दिने, दरबन्दी अनुसार जनशक्तिको पदपुर्तिका लागि पहल गर्नुपर्ने र भौतिक संरक्षण निर्माणलाई पूर्णता दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Shreekrishna

फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रतिक्रिया दिएका सेवाग्राहीहरुले पालो पर्खने ठाउँका कर्मचारीले आफन्तलाई अगाडी सेवा पाउने अवसर दिने गरेको, स्वास्थ्य विमा गरेका बिरामीलाई वेवास्ता गरेको गुनासो गरेका प्रतिवेदनले जनाएको छ । बिरामीलाई स्वास्थ्यकर्मीले गर्ने व्यवहार सन्तोषजनक रहेको प्रतिवेदनमा जनाइएको छ ।

अस्पताललाई पलास्टिकजन्य फोहोरबाट मुक्त बनाउनुपर्ने र लासघर परिसरमा टहरा बनाउनुपर्ने सेवाग्राहीहरुको भनाई थियो । प्रतिवेदनमा छलफल गर्दै गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले अस्पतालमा दुर्गमबाट आउने सेवाग्राहीले छिटो सेवा पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी नगरपालिकाका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले निर्माणाधिन ५० शैया क्षमताको भवनलाई पूर्णता दिन ताकेता गरिरहेको बताउदै अस्पतालले बिरामीलाई उपलब्ध गराउन आपुर्तिकर्ताबाट खरिद गर्ने औषधीको गुणस्तर परिक्षणको आवश्यकता औल्याउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सम्भव हुने सुधारका काम गर्न अस्पताल व्यवस्थापन समितिले सक्रियता देखाउन र बेनी नगरपालिका लगायत स्थानीय तहहरुले सघाउनुपर्ने बताउनुभयो ।

अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिसस प्रमुख थापाले बताउनुभयो । अस्पतालको भवन निर्माणलाई पूर्णता दिन चौतर्फी दवाव सिर्जना गराउनुपर्ने उहाँको भनाई थियो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र निमित्त प्रमुख डाक्टर अञ्जु थापाले सुभावका आधारमा अस्पतालको सेवा प्रवाहमा सुधार ल्याउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...