रघुगंगाको दुलेपानीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जादै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दुर्घटनामा परि ट्याक्टरका चालक रघुगंगा गाउँपालिका–३ मालिकाका २३ वर्षीय सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताउनुभयो ।

Shreekrishna

कालोपत्रे गर्ने चरणमा रहेको सडकमा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...