जलजलामा स्थानीय जातका गाई गोरु पाल्नेलाई अनुदान

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय गाई÷गोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय जातका गाईगोरु संरक्षण कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको हो ।

संघीय सरकारको साझेदारीमा धाईरीङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख बिनियोजन गरेको जलजला गाउँपालिकाले स्थानीय जातका गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन आठ लाख रुपैयाँ छुट्टाएको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

‘धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको हो,’ उहाँले भन्नुभयो ‘पछिल्लो समय बढी ढूध दिने उन्नत जातको गाई र भैसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन घटेको छ ।’

Shreekrishna
Gunasthariya Shiksya

आधुनिक र व्यवसायिक पशुपालन तथा कृषिलाई प्रर्वद्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई यसै आर्थिक वर्षदेखि थालिको अनुदान दिने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिएको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा ४०० वटा गाईगोरुका लागि रु. चार लाख अनुदान दिन बजेट बिनियोजन गरेको थियो ।

जलजला–७ धाइरीङमा समुदाय स्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ । यसअघिका वर्षमा जलजला गाउँपालिकाले कृतिम गर्भाधानबाट जन्मिएका गाईको बाच्चा, बाच्छि र भैसीका पाडापाडी हुर्काउने कृषकलाई पशुको सुत्केरी भत्ता, गोठ र बाख्राको खोर सुधारमा अनुदान दिएको थियो । पशुको सुत्केरी भत्ताका लागि आगामी वर्ष दुई लाख रुपैयाँ बिनियोजन भएको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र लामाखेतमा बिहिबार साँझ सम्पन्न १४ औ गाउँसभाको तेस्रो बैठकबाट अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट पारित सर्वसम्मत रुपमा पारित भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...