बेनीका डेरी, एग्रोभेट र मासु पसलको अनुगमन

Shreekrishna hardware

बेनी, । बेनीका एग्रोभेट, डेरी र मासु पसलको शुक्रबार अनुगमन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको अगुवाईमा १३ वटा पसल अनुगमन भएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशु चिकित्सक डाक्टर राजेश चौधरी, पशुसेवा तालिम केन्द्र पोखराका मत्स्य विकास अधिकृत मनिष देवकोटा र केन्द्रका निमित्त केन्द्र प्रमुख रामकृष्ण सुवेदी लगायतको टोलीले अनुगमन गरेको हो ।

Shreekrishna

तीन वटा एग्रोभेट, दुई वटा डेरी र आठ वटा माछा, कुखुरा, खशी र भैँसीको मासु बेच्ने आठ वटा पसलको अनुगमन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका निमित्त प्रमुख सुवेदीले बताउनुभाये ।

Ban devision notice

पशुचिकित्सक डाक्टर चौधरीले डेरी र मासु पसलहरु पहिले भन्दा सुधार गरेर संचालन गरिएको भेटिएको बताउनुभयो । म्याद गुज्रिएको औषधीहरु राखेको, दर्ता नगरी माछा पसल संचालन गरेको, पसलहरूमा मूल्य सूचि नभएको, सरसफाइको कमी, प्रमाणपत्रहरू देखिने गरी पसलमा नराखिएको, मासु बिक्री वितरणका लागि तोकिएको मापदण्डको पालना नगरेको तथा सामानहरु नमिलाई राखेको भेटिएको उल्लेख गर्नुभयो ।

नागरिकको स्वास्थ्यसँग जोडिएको मासु पसलहरूलाई मापदण्डअनुसार थप सरसफाइ र व्यवस्थित गरेर संचालन गर्न आग्रह गर्दै अर्को पटकको अनुगमन क्रममा सुधार नगरे अनुमति पत्र रद्द गर्ने तथा आर्थिक जरिवाना गर्ने चेतावनी केन्द्रले दिएको छ ।

बेनी नगरपालिका पशुसेवा शाखाका प्रमुख प्रदिप गौतमले पसलहरूको कागजपत्रका साथै कर चुक्ता प्रमाणपत्र पनि चेकजाँच समेत गरिएको बताउनुभयो । साथै एग्रोभेट पसलमा भएको औषधिहरूको उत्पादन तथा स्पायरिङ्ग मितिको चेक जाँच पनि गरेको थियो ।

स्थलगत अनुगमनमा पशु सेवा प्राविधिक गणेश रिजाल, बेनी नगरका पशुसेवा शाखाका प्रमुख गौतम, पर्यटन तथा उद्योग कार्यालयका प्रतिनिधि सन्तोष ढुङ्गाना, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी र पत्रकारको उपस्थितमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा दिएको निर्देशन ब्यवसायीले निर्देशन पालना गर्ने प्रतिवद्धता जनाएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...