पाउदुरको जाम हटाउन गण्डकीका भौतिक मन्त्री जुग्जाली फिल्डमा,दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरा, । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर केसी, मध्य पहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेल सहितको टोलीले बिहिबार बिहान पहिरोको स्थलगत अध्ययन गरि वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो ।
ठूला सवारी साधनले राजमार्गनै प्रयोग गर्ने, साना सवारी साधनका काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउन लागिएको मन्त्री जुग्जालीका स्वकीय सचिव चक्र पुनले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जिप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाउने मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।
वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकहरुले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बीनिको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रुपमा रहेको मध्य पहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घण्टौ सम्म अवरुद्ध हुदाँ सँयौ सवारी साधन र हजारौ जना यात्रुह जाममा परेर दुःख पाएका छन् ।

Shreekrishna


एकतर्फ रुपमा मात्र यातायात सञ्चालन गरिदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुहरुलाई सास्ती भएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौ लगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुलाई सास्ती भएको छ ।
चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु. तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ ।
जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्र्तगत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको बैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । आयोजनाका प्रतिनिधी भण्डारीले पहिरो क्षेत्रमा गाडी फस्न नदिन ग्राभेल हालिएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...