पर्यटन र सिचाई मन्त्रालयको बजेटप्रति प्रदेश सांसद भण्डारीको असन्तुष्टि

Gandaki Ghumau

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशको पर्यटन र सिचाई मन्त्रालयको योजना तथा कार्यक्रम र बजेटको चर्को आलोचना गर्नुभएको छ ।

सत्ताको प्रमुख साझेदार दल माओवादीका सांसद सांसद भण्डारीले म्याग्दी पर्यटनको धेरै सम्भावना भएको जिल्लामा २ वटामामात्रै बजेट विनियोजन गरेको भन्दै मंगलबारको प्रदेशसभा बैठकको छलफलमा चर्को आलोचना गर्नुभएको थियो ।

Gunasthariya Shiksya

‘मन्त्रीज्यूहरु थाक्नुभाछ, निदाउन पाउनुभाछैन, रातभरि बजेटका लागि सोच्नुहुन्छ होला, जनताका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्नो टोलमा, आफ्नो कुन कार्यकर्ता छुट्यो भनेर पो सोच्नुभएको रहेछ,’ उहाँले व्यङग्य गर्दै प्रदेशसभामा भन्नुभएको छ, ‘बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’

Shreekrishna

विनियोजन विधेयकमाथिको छलफलका क्रममा म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद भण्डारीले रोष प्रकट गर्नुभएको थियो । म्याग्दीमा निरन्तरका सिँचाइका योजना काटिएको भन्दै पनि भण्डारीले व्यंग्यात्मक धन्यवाद व्यक्त गर्नुभयो ।

‘जनताले जसअनुसार मत दिनुभयो, हामीले पनि मन्त्रीज्यूहरुलाई मत दियौं, तर सोचेअनुसारको बजेट आएन,’ उहाँले भन्नुभयो “सिचाई मन्त्रालयले योजना धेरै टुक्रे बनाएको हुँदा कार्यान्वयनमा चुनौति र उपलब्धी तथा प्रभावकारितामा प्रश्न उठेको छ ।” सत्तापक्षको भएको हुँदा बजेटमा समर्थन गर्नु आफ्नो बाध्यता भएको सांसद भण्डारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...