बेनी नगरपालिकामा जग्गाको बर्गीकरण, साउनदेखि कित्ताकाट खुलाउने तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले जग्गाको बर्गीकरण गरेको छ ।

आगामी आर्थिक वर्षदेखि नगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । असार १० गते भएको १३ औ नगरसभाले भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको प्रतिवेदन पारित गरेको थियो ।

सभाको निर्णय र प्रतिवेदन यही असार महिनाभित्र भूमि व्यवस्था मन्त्रालयबाट स्विकृत गराएर साउन १ गतेदेखि कित्ताकाट खुलाउने तयारी गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

Shreekrishna

एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । म्याग्दीका अन्य पालिकाहरुले जग्गाको वर्गिकरण गरेका छैनन् । बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक जग्गाको बर्गीकरण गरेको हो ।

“जग्गाको कित्ता काट रोकिएका कारण नगरवासीलाई निक्कै समस्या भएको छ । आगामी आर्थिवर्षदेखि कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने छ,”नगर प्रमुख केसीले भन्नुभयो “ जग्गाको कित्ताकाट शुरु भएपछि जग्गाको विक्री वितरण बढेसँगै नगरका राजश्व असुलीमा वृद्धि हुने छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार बेनीमा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा रु. ४ करोड ५४ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको ११ महिनामा रु. चार करोड २६ लाख ७२ हजार १४० आन्तरिक राजस्व संकलन गरेको छ ।

जग्गाको कित्ता काट सुरु भएमा राजश्व समेत बढ्ने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । नगरसभाले संस्था दर्ता तथा नविकरण गर्ने सम्बन्धी कानुन पारित गरेको छ ।

रु. ७० करोड ८९ लाख को बजेट पारित गरेको बेनी नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

शिक्षा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसँग सामाजिक, घरघरमा स्वास्थ्यकर्मी, हामी सक्छौ हामी गर्छौ, विपद्मा मेयर, आयआर्जन सुधार र सिप विकासका लागि उपमेयरसँग आमा समूह जस्ता नमुना कार्यक्रम सञ्चालन गर्ने प्रवत्ता श्रेष्ठले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...