मेयर कप बास्केटबलमा बिजयी खेलााडीलाई सम्मान

Gandaki Kotihome

बेनी, । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तर पालिका मेयर कप बास्केटबल प्रतियोगिताको उपाधी जित्ने खेलाडीलाई भव्य सम्मान गरेको छ । कीर्तिपुर नगरपालिका काठमाण्डौले आयोजना गरेको अन्तरपालिका मेयर कप अठार बर्षको ( यू–१८) पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागि भएर राष्ट्रियस्तरको उपाधी जित्ने खेलाडीलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले विजेता खेलाडीलाई नगद १ लाख पाचँ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । बेनी नगरपालिका मेयर सुरत केसी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन (भरत) उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, अन्नपूर्ण गाउँपालिका राजनीतिक दलका अगुवा खड्ग गिरी, कृष्ण बरुवालले सामुहिक रुपमा विजेता खेलाडीलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

असार ९ गते भएको फाईनलमा आयोजक किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी अन्नपूर्ण गाउँपालिकाले जितेको थियो । प्रतियोगितामा बिजेता अन्नपूर्णले एकलाख नगद पुरस्कारसहित ट्रफी जितेको थियो ।

Upper Myagdi transmition line notice

अर्जुन विकको कप्तानीमा सहभागि भएको अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि टिमको प्रशिक्षकमा सुमन तिलिजा पुन र टिम ब्यवस्थापकमा बिसन राना रहनुभएको थियो । प्रतियोगितामा सहभािग हुनका लागि अन्नपूर्ण गाउँपालिकाले रु. एक लाख बजेट सहयोग गरेको थियो । स्वदेश तथा विदेशमा रहनुभएका अन्नपूर्णबासीले आर्थिक सहयोग गर्नुभएको थियो ।

Annapurna aarohan ko notice

राष्ट्रियस्तरको उपाधी जितेर अन्नपूर्णसंगै म्याग्दीको नाम राख्न सफल खेलाडीलाई सम्मान ब्यक्त गर्दै मेयर केसीले खेल क्षेत्रमा अनुशासनलाई संगसंगै लिएर अघि बढ्न खेलाडीलाई आग्रह गर्नुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष भरत पुनले आगामी दिनमा हुने राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पालिकाबाट खेलाडी सहभागि गराउनका सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले खेलकुद क्षेत्रको पूर्वाधार र खेलाडीको क्षमता विकासका लागि आगामी आर्थिबर्षमा ९० लाख बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो ।

उहाँले खेलकुदको पूर्वाधारतर्फ ५० लाख र विद्यालयस्तरको राष्ट्रपति कप र अध्यक्ष कप लगायतको प्रतियोगिताको लागि ४० लाख विनियोजन गरेको उल्लेख गर्नुभयो । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले विजेतला खेलाडीलाई बद्याई दिदै जिल्लाको खेलकुद क्षेत्रको विकास लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सम्मान कार्यक्रममा टिम ब्यवस्थापक बिसन रानाले अन्नपूर्ण गाउँपालिकासंगसंगै स्वेदश तथा विदेशमा रहेका दाजुभाईको सहयोगले उपाधी जित्न सफल भएको बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका सल्लाहकार खड्ग गिरीले विजेता खेलाडीलाई नगद रु १० हजार रुपैयाँले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा सल्लाकार गिरी र अन्नपूर्णका पूर्व वडाअध्यक्ष कृष्ण बरुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष दिवाकुमारी पुनको स्वागत, प्रशासकीय अधिकृत सुवेदीको संचालनमा भएको सम्मान कार्यक्रममा विजेता खेलाडीले मेयर कप प्रतियोगिताको ट्रफीलाई अन्नपूर्ण गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...