साउलाखोलाको पानी गुर्जा आयो

Gandaki Kotihome

बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो ।

गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुुवानी गर्नुपर्छ ।

यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माणको काम लक्ष्य भन्दा अघिनै सकिएको छ । ढिलासुस्तिका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्य अघिनै सम्पन्न भएको हो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिका–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजिकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताउनुभयो ।

“सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रो जस्तो विकट ठाउँको काम निर्धारित समय अगावै सकिएको छ,” उहाँले भन्नुभयो “सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने रहेछ् ।”

Notice about ban dadalo

कुल रु. ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरी गाउँपालिका र बेनीको बिएण्डडी निर्माण सेवा बिच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । रु. ४४ लाख ७८ हजार ११२.३४ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधी गोर्खा छन्त्यालले असार १० गतेनै सम्झौता अनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिनुभयो । काम शुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उहाँले बताउनुभयो । साउलाखोलाको मुहानमा इन्टेक, त्यहाँदेखि गुर्जागाउँसम्म ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाईन बिछ्याइएको छ ।

लुलाङ देखि खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रड लगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो । २५ हजार लिटर क्षमताको रिजर्भ टंकी पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइपलाईन र टंकीको परिक्षण सफल भएको छ ।

गुर्जाका करिब २५० घरधुरीलाई निजी धारा मार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्ती बाहेकका सबै घरमा खानेपानी पुग्नेछ ।

शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्य अघिनै सम्पन्न भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...