मालिकाको करिब ४६ करोडको बजेट पारित

Gandaki Kotihome

दरबाङ, । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको मालिका गाउँपालिकाले करिब रु. ४६ करोडको बजेट पारित भएको छ ।

गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरवाङको छ्यारछ्यारेमा भएको गाउँसभाको १३ औ अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको रु. ४५ करोड ८१ लाख ४४ हजारको बजेट पारित भएको छ ।

असार ६ गतेको गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोही दिन पारित भएको थियो । आगामी आर्थिक वर्षको चालुतर्फ रु. २९ करोड ४९ लाख र पुजिगततर्फ रु. १६ करोड ३२ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ ।

Upper Myagdi transmition line notice

संघीय सरकारको समानिकरण अनुदान ८ करोड ५३ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान (चालु) १९ करोड ३३ लाख रुपैयाँ, संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ लाख रुपैयाँ, संघीय सरकार सशर्त (पुजीगत ) अनुदान १ करोड १० लाख रुपैयाँ, संघीय सरकार विशेष अनुदान (पुजीगत) अनुदान १ करोड ६० लाख रुपैयाँ, संघीय सरकार समपुरक अनुदान १ करोड १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान एक करोड ५ लाख ९६ हजार, गण्डकी सरकार राजश्व बाँडफाँड ५२ लाख १७ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान ५० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकार समपुरक अनुदान ६० लाख रुपैयाँ, गाउँपालिकाको आन्तरिक आय एक करोड रुपैयाँ र अनुमानित संचित कोष अल्या हुने २ करोड रुपैयाँ अनुमानित आय रहेको छ ।

Annapurna aarohan ko notice

विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण, सडक, अधुरा रहेका योजनालाई पुर्णता दिन, खानेपानी, सिचाई, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । गाउँपालिकाको वडागत योजना तथा कार्यक्रमको लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत सामाजिक ,आर्थिक ,सुशासन तथा संस्थागत ,वातावरण तथा विपद् व्यवस्थापन र भौतिक पुर्वाधार समेटिएको छ ।

विद्यालय कर्मचारी, बालविकास सहजकर्ता थप तलब सुविधा ९० लाख रुपैयाँ, सामुदायिक स्वास्थ्य इकाई कर्मचारी तलब भत्ता ६० लाख रुपैयाँ, विषयगत शाखा अन्तर्गतको कार्यक्रमको लागि ५९ लाख ९४ हजार रुपैयाँ, सात वटै वडा कार्यालयहरुको प्रशासनीक खर्चका लागि २४ लाख ५० हजार रुपैयाँ, विपद्जन्य क्षतीबाट पुननिर्माण तथा राहत वितरण (पालिका स्तरीय) २० लाख रुपैयाँ, किसानी माविमा छात्रवृत्तीको लागि १० लाख रुपैयाँ, प्राथमिक स्वास्थ्य केन्द्र संचालन खर्च १३ लाख रुपैयाँ, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ वेडको अस्पतालमा स्तरोन्नती गर्न २४ लाख रुपैयाँ, गाउँपालिकाको प्रशासनीक भवन जग्गा खरिद र वडा नम्बर १ को सहित २ करोड रुपैयाँ, लागत सहभागिता÷समपुरक कोषमा २ करोड रुपैयाँ, खानेपानी योजनाका लागि गैरसरकारी संस्था संग साझेदारी (नेवा)को लागि ६० लाख ६२ हजार रुपैयाँ, गौबमबस्त मावि पहार ट्रष्टको संगको साझेदारी (निरन्तरता) २७ लाख रुपैयाँ, खारा–बिम मोटरबाटो स्तरोन्नतीको लागि ८७ लाख ८८ हजार रुपैयाँ (निरन्तरता), दरबाङ–निस्कोट मोटरबाटो स्तरोन्नती (निरन्तरता) एक करोड १० लाख रुपैयाँ, झोलुङ्गे पुलको लागि साझेदारीमा ६ लाख ५० हजार रुपैयाँ, निजि आवास पुनर्निर्माण साझेदारीमा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले आर्थिक बर्षको सुरुवातदेखि नै सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो । गाउँसभामा वडा नम्बर ७ का वडा अध्यक्ष तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टकबहादुर पुनले प्रस्तुत गर्नुभएको वन ऐन–२०८० पारित भएको छ । गाउँसभा सदस्य दिलकुमार पुन, तुलसी पुर्जा लगायतले बोल्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...