म्याग्दीको जनगणनाको नतिजा सार्वजनिक

khali

बेनी, । म्याग्दीको जनगणनाको नतिजा मंगलबार बेनीमा औपचारिक रुपमा सार्वजनिक भएको छ ।

तथ्याङ्क कार्यालय बागलुङले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरेको हो ।

नतिजा अनुसार म्याग्दीमा २८ हजार ८३० परिवार र कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । दश वर्षअघि २७ हजार ७६२ परिवार र एक लाख १३ हजार ६४१ जनसंख्या रहेको थियो ।

Shreekrishna hardwear in news
khali

दश वर्षको अवधिमा परिवार संख्या बढेको र जनसंख्या घटेको छ । पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ ।

यसैगरी परिवारको औषत आकार ३ दशमलव ७१ प्रतिशत रहेको छ । लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको संख्या ९५ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

म्याग्दीमा साक्षरता दर कुल ७९ दशमलव ७० प्रतिशत रहेकोमा पुरुष ८७ दशमलव ७१ प्रतिशत र महिला ७२ दशमलव १८ प्रतिशत रहेका छन् । जनगणनामा अनुपस्थित (अस्कर विदेशमा बस्ने) जनसंख्यातर्फ कुल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकोमा जनसंख्यामा भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये पुरुष ८ हजार ९ सय ६१ जना र महिला १८ सय ५ रहेका छन् भने कुल जनसंख्याको शुन्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...