बेनी । नेकपा (माओवादी केन्द्र) म्याग्दीले पार्टी स्कुलिङ कार्यक्रम सञ्चालन गरेको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, पालिका कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधित्व रहने गरि सहभागी गराईएको छ । स्कुलिङ कार्यक्रमको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि अधिकारीले पार्टीको नीति, बिचारलाई तल्लो कमिटीसम्म लैजान स्कुलिङ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी इन्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश समितिका सचिब जगन्नाथ खनाल, मुस्ताङ संयोजक धिरेन्द्र विक लगायतले पार्टीको मुख्य प्रशिक्षण नै स्कृलिङ मार्फत हुने बताउँदै स्कुलिङमा सहभागीहरुले आ–आफ्नो कार्यक्षेत्र र संगठनमा सिकेका कुराहरुलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
माओवादीको गण्डकी प्रदेश स्कुलीङ कमिटिका सदस्य कुशल पौडेलको अध्यक्षता, बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीको स्वागत र सचिब ज्ञानेन्द्र सुवेदीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तीन दिनसम्म सञ्चालन हुने स्कृलिङ कार्यक्रममा हरि अधिकारी, खोपबहादुर कँडेल, जगन्नाथ खनाल, टेकबहादुर विश्वकर्मा, सुनिल पाण्डे, रामराज रेग्मी, गोविन्द पौडेल, दिननाथ शर्मा, देवेन्द्र पौडेल, खिमलाल देवकोटा, बलावति शर्मा, सुवास अधिकारी, रामदिप आचार्य लगायतले प्रशिक्षण दिनुहुने जनाइएको छ ।
म्याग्दीमा माओवादीका नेतालाई प्रशिक्षण
प्रतिक्रिया दिनुहोस