दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका महिलाहरुलाई झोला बुनाई तालिम शुरु भएको छ ।
महिलाहरुलाई सिप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयको आयोजनामा १५ दिने तानमा झोला बुन्ने तालिम बिहिबारदेखि शुरु भएको हो । १० जना सहभागी तालिमको सहजिकरण उद्यमी भमाया राम्जालीले गर्नुहुने जनाइएको छ ।
सहभागीहरुलाई तानमा धागोबाट झोला बुन्ने व्यवहारिक ज्ञान सिप प्रदान गरिने प्रशिक्षक राम्जालीले बताउनुभयो । विद्यालय जान बालबालिकाले र घरायसी काममा प्रयोग हुने झोला बनाउने उद्यमीहरुको योजना छ ।
तलिम सञ्चालनका लागि वडा कार्यालयको प्रस्तावमा अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. दुई लाख बिनियोजन गरेको छ । विपन्न महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । उहाँका अनुसार यसअघि दानामा लघुउद्यम विकास कार्यक्रम मार्फत साबुन बनाउने तालिम पनि सञ्चालन भएको थियो ।