मालिकाको अदिभारामा मोटरेबल पुल बन्ने पक्का

Gandaki Kotihome

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ ।

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।

लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएपनि पुल निर्माण अघि बढ्न सकेको थिएन् । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ ।

Upper Myagdi transmition line notice

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रीया अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

“२५ मिटर लामो सडक पुलको डिपिआर तीन वर्षअघिनै बनेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमै कुल लागतको २० प्रतिशत पुग्ने गरि थप बजेट व्यवस्थापन र बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ । अब योजना कार्यान्वयनको प्रक्रीया अघि बढाउछौ ।”

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ ।

Annapurna aarohan ko notice

कुल रु. छ करोड ९ लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन् ।

चालु आर्थिक वर्षमा सो पुल निर्माणका लागि अपुग थप रु. ९१ लाख थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुबर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरि ठेक्का लगाउन सहमति दिएको हो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन् । मालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

यसैगरी प्रक्रीयामै अल्झिएको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमाना स्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि थप चालु आर्थिक वर्षमै थप बजेटको व्यवस्था गरेर ठेक्का आव्हान गर्ने तयारी भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश स्तरको बजेटको स्रोत सुनिश्चित समितिले दुई वटै योजनालाई स्रोत सुनिश्चितता र थप बजेट व्यवस्था गर्न अर्थमन्त्रालयमा सिफारिस गरिसकेको बताउनुभयो । “योजनामा समावेश भएरपनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेका योजनाहरुको संख्या धेरैनै छ,” उहाँले भन्नुभयो “प्रदेशभर यस्ता आयोजना पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजान पहल गरिएको छ ।”

अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन रु. चार करोड ९० लाख र १२६ मिटर लामो भुरुङ्ग–पाउद्धार तातोपानी झोलुङ्गे पुल बनाउन रु. एक करोड ५६ लाख लागत अनुमान गरिएको थियो । चालु आर्थिक वर्षभित्रनै ठेक्का आव्हान गर्न अर्चेखोलाको पुललाई थप रु. ३० लाख र भुरुङ्ग–पाउद्धार तातोपानी झोलुङ्गे पुललाई रु. नौ लाख थप बजेट व्यवस्था गरि क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस भएको हो । अर्थ मन्त्रालयले सिफारिस स्विकृत गरेपछि ठेक्का प्रक्रीया शुरु गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...