वाइसिएल धवलागिरीको नयाँ नेतृत्व चयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम, । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको धवलागिरी गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।
ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली, नरबहादुर परियार, तुलसी पौडेल, भरत हर्मेल, सचिवमा विपिन पौडेल, सहसचिवमा खकप्रसाद बिक र कोषाध्यक्षमा सुकमाया परियार चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


वाइसिएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्रका विशेष प्रदेश समिति सदस्य अर्जुन थापा, प्रदेश सदस्य खुमनाथ सुवेदी, गाउँपालिका कमिटिका अध्यक्ष यामन रोका, गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।
जिल्ला सम्मेलनको मिति नजिकएसँगै वाइसीएलले म्याग्दीमा पालिका कमिटिको सम्मेलनलाई तिब्रता दिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...