जलजलामा मेलमिलाप सम्बन्धी तालिम शुरु

Gandaki Kotihome

बेनी, । पर्वतको जलजला गाउँपालिकाको मिलनचोकमा बिहिबार देखि मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।

जलजला गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेसी नेपालको प्राविधिक सहयोगमा शुरु भएको तालिम जेठ २५ गतेसम्म सञ्चालन हुनेछ् । तालिमको जिल्ला अदालत पर्वतका न्यायाधिश आनन्दप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।

तालिममा न्यायिक समितिका पदाधीकारी र ९ वटै वडाबाट ४÷४ जनाका दरले ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो ।

मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिम सञ्चालन गरिएको हो । मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने पर्वतका जिल्ला न्यायाधिश श्रेष्ठले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपाल, पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजुप्रसाद ढुङ्गानाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालिमका प्रमुख प्रशिक्षकमा एडभोकेसी नेपालका विनिता गुरुङ्ग र सहायक प्रशिक्षकमा सुमना पौडेल रहनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...