दग्नाममा लिङ्गो जुधाई र भूमे पुजा

Gandaki Ghumau

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पुजाको अवसरमा मंगलबार लिंङ्गो जुधाउने प्रतियोगिता भएको छ ।

हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाइएको थियो । यो वर्ष समान उचाईका दुई वटै गाउँका लिङ्गो बराबरी भएका स्थानीय अगुवा धनीलाल गर्बुजाले बताउनुभयो ।

करिब चार सय बर्ष पुरानो इतिहाँस बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका हुन् । बिशेष गरी प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँ बिच लिङ्गो जुधाउने गरिन्छ ।

Shreekrishna

दग्नामको भूमे पुजाको मुख्य आकर्षणको रुपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउँदै आएका छन् । प्रकृतिको पुजा स्वरुप मंगलवार दग्नाममा भुमे पुजा पर्वको अवसरमा दुई गाउँका स्थानियले मुल्का डाँडामा ध्वजा पतकाले सिंगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए ।

Gunasthariya Shiksya

दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले जेठ १८ गतेदेखि साँस्कृतिक कार्यक्रम र त्यस पश्चात विभिद खेलकुद कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अबलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाख्लो उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) पनि भूमे पुजामा सहभागी भई लिङ्गो जुधाई प्रतियोगिताको अवलोकन गर्नुभएको थियो । स्थानिय पुख्यौली गित, नृत्य, पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी लिङ्गो जुधाएको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।

“यो हाम्रो संस्कृति हो, यसले दग्नामको पहिचान बोकेको छ, परम्परादेखि चल्दै आएको लिङ्गो जुधाउने प्रतियोगितालाई निरन्तरता दिन हामी लागीरहन्छौँ ’’– उहाँले भन्नुभयो । केही बर्ष अगाडि सम्म दुई गाउँबिच प्रतिष्ठालाई बढवा दिएर लिंगो जुधाउने गरिने भएपनि पछिल्लो समय भने रमाइलो, खुसियाली र भावनात्मक प्रतिस्पर्धाको रुपमा लिङ्खो जुधाउने गरिएको छ ।

जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनामा बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...