म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा लोक नृत्य प्रतियोगिता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दी जेसीजको २५ औ स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर सोमबार बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि प्रथम भएको छ । दर्वाङ बोर्डिङ स्कुल दृतीय र प्रकाश मावि बेनी तृतीय भएका छन् ।

प्रथम भएको न्यु वेष्ट पोइन्टका कलाकारले ट्रफी, रनिङ कप र प्रमाणपत्र सहित नगद रु. बाह् हजार पुरस्कार प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयले ट्रफी र प्रमाणपत्र सहित क्रमश ः नगद रु. सात हजार र चार हजार पुरस्कार प्राप्त गरेका छन् । १४ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल जेसिजका पुर्व अध्यक्ष राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष तथा बेनपा ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सन २००० मा स्थापना भएको म्याग्दी जेसिजले युवाहरुको क्षमता तथा नेतृत्व विकास, प्रतिभा पहिचान, खेलकुदका कार्यक्रम गर्दै आएको छ । २५ औ रजत जयन्ति मनाइरहेको म्याग्दी जेसिजले १९ औ जिल्ला स्तरीय लोक नृत्य कार्यक्रम आयोजना गरेको संयोजक तथा उपाध्यक्ष बिस्मा श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा संस्थापक देखि हालसम्मका अध्यक्षहरुलाई सम्मान गरिएको थियो । आगामी असोज ४ र ५ गते म्याग्दी जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलन बेनीमा हुदैछ् । करिब ६ सय युवाहरु सम्मेलनमा सहभागि हुदैछन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...