जलजलामा विविध कार्यक्रम सहित गणतन्त्र दिवस मनाइयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सोमबार विभिन्न कार्यक्रम गरेर १६ औ गणतन्त्र दिवस –२०८० मनाएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वारीबेनी स्थित न्यु होराइजन आवासीय माविमा शिक्षकहरुको खेलकुद र पब्लिक स्पिकीङ कार्यक्रम भएको थियो । यसैगरी चित्रकला प्रतियोगितामा सहभागिहरुबाट मंगलबार चित्र संकलन गरेर उत्कृष्ट १५ वटा चित्र बनाउनेहरुलाई पालिकामा प्रतिस्प्र्धा गराइने शाखाकी प्राविधिक देवी शर्माले बताउनुभयो ।

शिक्षकहरुबीचको भलिबल प्रतियोगितामा वारीबेनीको न्यु होराइजन आवासीय मावि प्रथम र ग्राम प्रकाश माविको नेतृत्वमा खेलेका वडा नम्बर ५ का विद्यालयका शिक्षकहरुको टोली दोस्रो हुनुभएको छ । ९ वटा टिम सहभागी भएका थिए ।

Shreekrishna

पव्लिक स्पिकीङ कार्यक्रममा कृष्णभवन धर्म माविका कुशल आचार्य प्रथम, फर्से धाइरिङ माविका प्रवेशिका पौडेल दृतीय, न्यु होराइजन आवासीय माविका स्मृति जि.सी. तृतीय र ग्राम प्रकाश माविका अश्मी मल्ल सान्तवना हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रथम, दृतीय, तृतीय र सान्तवनालाई कर कटाएर क्रमश ः रु. एक हजार पाँच सय, एक हजार दुई सय, नौ सय र ४७५ नगदका साथै प्रमाणपत्र वितरण गरिएको थियो । अमृत आदर्श प्याराडाईज एकेडेमी, विद्याज्योति मा.वि., शिव मा.वि., कृष्ण भवन धर्म मा.वि., जनकल्याण मा.वि., ग्रामप्रकाश मावि, न्यु होराइजन आवसासीय मा.वि. र फर्से धाइरिङ माविका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

साढे दुई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको औपचारिक रुपमा अन्त्य भएर गणतन्त्र स्थापना भएको ऐतिहाँसिक दिनको स्मरणमा प्रतिभा पहिचानसँगै प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयहरुसँग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।

गाउँ कार्यपालिका अन्तरगत शिक्षा समितिका अध्यक्ष एकिन्द्र खत्रीले जलजलामा शैक्षिक रुपान्तरण र सुधारका लागि अघि सारिएको योजना अन्तरगत गणतन्त्र दिवसलाई पनि शिक्षासँग जोडिएको बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख त्रिबिक्रम आचार्यले गाउँपालिकाको हरेक कार्यक्रम विद्यालयसँग जोडेर गर्ने नीति अनुसार गणतन्त्र दिवसमा शिक्षकहरुबीच भलिबल र विद्यार्थीहरुलाई पब्लिक स्पिकिङ तथा चित्रकला प्रतियोगिता गरिएको बताउनुभयो ।

वि.स. २०६४ जेठ १५ गते पहिलो संविधानसभा चुनावबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको औपचारिक रुपमा अत्य र गणतन्त्र स्थापना भएको घोषणा गरेको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...