पर्यटकको पर्खाइमा गैटे झरना

Gandaki Kotihome

सुरेन गुरुङ
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ । प्रचारप्रसार र पूर्वाधारको कमीले गैटे झरना ओझेलमा परेको झरनाको नजिकै रहेको घोस्केखोर लघुजलविद्युत परियोजनाका कर्मचारी कृष्ण पुनले बताउनुभयो ।

“यो झरनाको सौन्दर्य र विशेषताको प्रचारप्रसार हुन नसक्नु र आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो,” उहाँले भन्नुभयो “घोडेपानी, पुनहिल, शिख, स्वाँतमा आउने पर्यटकलाई यो झरनासम्म ल्याउन सक्ने हो भने पर्यटन विकासका साथै छोटिएको पर्यटकको बसाई लम्बाउन सकिन्थ्यो ।”

Shreekrishna hardwear in news

खोपारा र ढाँडखर्कको फेदीमा घोस्केखोर र गैटे खोलाको दोभान नजिकैको यो झरना रहेको छ । करिब पचास मिटर अग्लो पहाडबाट छङछङ गर्दै सुसाउने झरनाको वरपर हरियाली जंगल छ । बस्ति देखि टाढा र एकान्त ठाउँमा रहेको झरनामा इन्द्रेणी परेको समयमा झनै आकर्षक देखिन्छ ।

DCIM\100MEDIA\DJI_0159.JPG
Notice about ban dadalo


झरना नजिकै बसेर तस्विर, दृष्य खिच्न, एकान्तमा रमाउन सकिन्छ । झरनादेखि दोभानसम्म कलकल गर्दै बग्ने खोलाको आवाजले प्रकृति प्रेमीहरुलाई लठ्ठै बनाउँछ । स्थानीयबासी र गाउँपालिकाका जनप्रतिनिधिहरु गैटे झरनाको पर्यटन विकास र प्रर्वद्धनमा जुटेका छन् ।

आलखर्कको नजिकैको बस्ति स्वाँत गाउँ हो । स्वाँतका अगुवा लोकबहादुर पुर्जाले झरना परिसरमा रहेको घोस्केखोर लघुजलविद्युतको भवनमा खाजा, चिया पसल सञ्चालन गरिएको र काठै काठको प्रयोग गरेर विश्रामस्थल बनाउन लागिएको बताउनुभयो ।

“शिख–स्वाँत–ढाडखर्क–खोपारा पदमार्गमा गैटे झरनालाई पनि समावेश गरिएको छ,” उहाँले भन्नुभयो “झरना अवलोकन गर्नेहरुको सुविधाका लागि विश्रामस्थल बनाउने काम भैरहेको छ ।” झरनादेखि दश मिनेट उकालो हिडेपछि पुगिने ठाउँमा होटल पनि सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले स्वाँत हुदै गैटे झरना भएको आलखर्क जोड्ने पदमार्ग बनाएको बताउनुभयो । यसैगरी घोस्केखोर खोलामाथी झोलुङ्गे पुल बनाउन पहल गरेको बताउनुभयो । झरना नजिकै घोस्केखोर खोला वारपार गर्न काठको अस्थायी साँघु बनाइएको छ । एउटै रुख तेर्साएर वारपार गर्न सक्ने बनाइएको हो ।

हालै झरना अवलोकनका लागि पुग्नुभएका गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, ईञ्जिनियर ईश्वर भण्डारी लगायतको टोलीले पुर्वाधार निर्माण र प्रचारप्रसार मार्फत गैटे झरनालाई नयाँ पर्यटकीय गन्तब्य बनाउने प्रतिवद्धता जनाउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...