पोखरेबगर–चित्रे सडक कालोपत्र शुरु

Gandaki Kotihome

सुरेन गुरुङ
शिख, । म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ ।

मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । १८ किलोमिटर ५४० मिटर दुरिको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले वि.स. २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पुर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु. २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । आयोजनाका ईञ्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माण लगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“खिवाङ–शिख खण्डमा प्राइम कोड बिछ्याउने काम भैरहेको छ, अर्को चरणमा घार खण्डमा र त्यसपछि फलाते–चित्रे खण्डमा प्राइम कोड बिछ्याउने कार्यतालिका छ,” उहाँले भन्नुभयो “प्राइमकोड राखेपछि दुई चरणमा डिबिएसडी प्रबिधिको कालोपत्र हुन्छ ।”

Notice about ban dadalo

२०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारी लगायतका कारणले लक्ष्य भन्दा तीन वर्षपछि सकिन लागेको हो ।

सडक निर्माणले पूर्णता र कालोपत्र हुन थालेपछि आशा जागेको अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक संयौको संख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ् ।

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...