जलजलामा सार्वजनिक सुनुवाई

khali

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगति र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ ।
जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा विहिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा सार्वजनिक सुनुवाई गरिएको थियो ।
स्थानीयले जलजला गाउँपालिकाले अन्य स्थानीय तहभन्दा फरक र दुरगामी प्रभाव पार्ने कार्यक्रम अगाडी सारेको सहभागिले बताउनुभयो । कतिपयले प्राकृतिक स्रोतको समुचित उपयोग नभएको, फोहोर ब्यबस्थापन प्रभावकारी नभएको, वडामा कर्मचारीहरुले दिने सेवामा कमजोरी रहेको, गुणस्तरीय स्वास्थ्य सेवा नभएको, सडकहरु सहज नभएको जस्ता गुनासाहरु राखेका थिए । यस्तै शिक्षाको सुधार, सुशासन र पारदर्शिता कायम गनका लागि सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै जलजला गाँपालिकाका अध्यक्ष राजु प्रसाद आर्चायले सेवाग्राहीका गुनासा लाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

khali


उहाँले आगामी दिनमा नागरिक असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवा लाई प्रभावकारी बनाउने हिसावले सवै वडामा सार्वजनिक सुनुवाइ गर्न प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष आचार्यले आफूहरु सकेसम्म गाउँपालिकाको स्रोत र साधनको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको भन्दै आफुहरुका काममा आशिंक सन्तुष्टि र आशिंक असन्तुष्टि रहेका बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीहरु लाई गुनासोहरुको सम्बोधन गरि कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
उपाध्यक्ष दिपक आचार्यले जलजला गाउँपालिकाले धेरै काम गर्ने सोच बनाएपनि आन्तरिक स्रोत कमजोर हुँदा कतिपय योजनाहरु अगाडी बढाउन नसकेको बताउनुभयो । संघ र प्रदेश सरकार समक्ष जनमुखी कामका लागि योजना लगेर छोडेको हुनाले आगामी आर्थिक वर्षको बजेटमा ति योजनाहरु समाबेश भएर आएमा नमूना काम हुने बताउनुभयो । उहाँले सेवाप्रवाह लाई गुनासो रहित बनाउने कोशिसमा रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

अहिले सम्म गाउँपालिकाले ५१ प्रतिशत बजेट खर्च गरेको बताउँदै सुबेदीले सेवाप्रवाहमा कुनै असन्तुष्टि भएमा सहज र सरल रुपमा गुनासो गर्न हरेक वडा र कार्यालयमा गुनासो पेटिका राख्ने काम अगाडी बढेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पत्रकार रोशन तिवारी, महेन्द्र जिसी सहित ९ वटै वडाका अध्यक्षहरु, कर्मचारीहरु र सेवाग्राहीहरु सहभागि हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ पर्वतको सहजीकरणमा भएको कार्यक्रमको संचालन सञ्चारकर्मी गणेश गिरीले गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...