धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

Gandaki Kotihome

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको छ ।

न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने बिवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिमको व्यवस्था गरिएको हो ।”

Annapurna aarohan ko notice

मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने अपेक्षा गरिएको छ ।

तालिमको शान्तिका लागि समग्र विकास संस्थाका बिन्दीया खनाल, विद्या खनाल, राजेश खनाल लगायतले सहजिकरण गर्नुहुने जनाएको छ । गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले सञ्चालन र वडा नम्बर ३ मुनाका अध्यक्ष देवेन्द्र रोकाले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले मन्तब्य र वडा नम्बर १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले अघिल्लो कार्यकालको न्यायिक समितिमा बसेर काम गर्दाका अनुभव सुनाउनुभएको थियो ।

तालिम पश्चात सहभागीहरुले मेलमिलाप कर्ताको प्रमाणपत्र पाउनेछन् । मेलमिलाप कर्ता भएपछि वडामै मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । तालिममा वडा नम्बर १ बाट ४ जना, २ बाट ४ जना, ३ बाट ५ जना, ४ बाट ४ जना, ५ बाट ३ जना, ६ बाट ३ जना र ७ बाट ५ जनाले सहभागिता जनाएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...