बेनी नगरपालिकाको बृहत शैक्षिक अन्तरक्रिया

khali

बेनी, । बेनी नगरपालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

बेनीमा शनिबारदेखि शूरु भएको दुई दिनसम्म चल्ने कार्यक्रममा नगरपालिकाको सबै सामुदायिक विद्यालयका ४०० जना शिक्षकहरुको सहभागिता छ । शिक्षकको ईच्छाशक्ति भएमा सामुदायिक विद्यालयमा सुधार र परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता अनुसार उनिहरुलाई मोटिभेसन गर्नका लागि कार्यक्रम आयोजना गरिएको शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।

khali
Shreekrishna hardwear in news

अन्तरक्रियाका साथै पाठ्यक्रमको प्रवोधिकरण पनि गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक चक्र केसी, कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

स्रोत व्यक्ति जयराम सुवेदीले सञ्चालन गर्नुभएको पहिलो दिनको कार्यक्रममा शिक्षकले चाहेमा गर्न सक्छन अभियान्ता काठमाडौको ज्ञानोदय माविका पुर्व प्रअ धनञ्जय अधिकारीले सहजिकरण गर्नुभएको थियो । आइतबार नवलपुर र बेनी नगरपालिकाका सामुदायिक विद्यालयको राम्रा अभ्यासको अनुभव आदानप्रदानका साथै प्रतिवद्धतापत्र जारी गर्दै कार्यक्रम समापन गरिने स्रोत व्यक्ति सुवेदीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...