पालिका स्तरमा मिसन ग्रासरुट

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले संचालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत स्थानीय तहको समीक्षा सुरु भएको छ । गत फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे नेता र कार्यकता मार्फत पालिकास्तरको समीक्षा संचालन गरेको हो ।

यसैक्रममा सोमबार मंगला गाउँपलिकाको बावियाचौरमा र मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन ग्रासरुटको पालिकास्तरीय गरिएको थियो । मिसन ग्रासरुटको समीक्षा कार्यक्रमलाई एमालेको केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले सम्बोधन र रिपोर्टिङ गरेका छन् ।

मालिकामा आयोजित मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले दुर्गमका वडा, टोल र वस्तीस्तरमा पुगेर पार्टीको नीति, सिद्धान्त एवं सरकारमा रहँदा गरेका कामहरुको बारेमा जानकारी गराउँदै जनताको समस्या, अपेक्षा र गुनासाहरु सङ्कलन गरेको बताउनुभयो । मिसन ग्रासरुट कार्यक्रम अन्तरगत म्याग्दीमा प्रतिनिधिका रुपमा खटिएका गौचनले ग्रासरुट अभियानले जनताका वास्तविक मुद्दाको पहिचान गर्न सहयोग पुगेको बताउदै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन सहयोग पुग्ने उद्घोष गर्नुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समिक्षा कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जनताको सरोकारका प्रश्नलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई बलियो बनाउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले जनताका समस्याहरु सङ्कलन गरी समाधानतर्फ अगाडि बढ्ने पार्टीको अभियान समेत रहेको बताउनुभयो ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले निर्वाचनपछि नेताहरु गाउँ फर्कदैनन् भन्ने जनअपेक्षालाई मिसन ग्रासरुटले परिवर्तन गरेको बताउँदै आउँदो निर्वाचनबाट म्याग्दीमा पुनः एमालेको उदय हुने बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले म्याग्दीका उपसचिव थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश समन्वय कमिटी क्षेत्र (ख)को संयोजक खरमाया बिटालुलगायत नेताहरुको सहभागिता रहेको थियो । पालिकास्तरको समिक्षामा कार्यक्रममा वडा कमिटीका अध्यक्षहरुले वडा, टोल र वस्तीस्तरमा भएका मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमबारे रिपोर्टिङ गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...