अर्थुङ्गेमा सडक पिच

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा सडक कालोपत्र (पिच) गरिएको छ ।
गण्डकी प्रदेश सरकारको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुदै पाखापानी सडक योजना अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत कालोपत्र भएको हो । अर्थुङ्गेमा २१७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजिवी निर्माण सेवाले वि.स. २०७९ मंसिर १९ गते ठेक्का सम्झौता गरेको थियो ।

पूर्वाधार विकास कार्यालयका अधिकृत छैटौ अर्जुन शर्माका अनुसार रु. ३२ लाख ६२ हजार ९५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो ।निर्माण कम्पनीले लक्ष्य भन्दा साढे तीन महिना अघिनै फागुनको अन्तिमतिर सडक निर्माण गरेको अधिकृत शर्माले बताउनुभयो ।

सरदर ५.५ मिटर चौडाईका दरले कालोपत्र गरिएको छ । यसअघि गत वर्ष पनि पूर्वाधार विकास कार्यालय मार्फत रु. २८ लाख ५२ हजारमा अर्थुङ्गे देउराली देखि १७० मिटर सडक कालोपत्र गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ढिलासुस्तिले अधिकांश विकास आयोजना थला परेको अवस्थामा अर्थुङ्गेमा भने लक्ष्य अघिनै सडक निर्माण भएको हो । निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाले समयमै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेको बताउनुभयो ।

सडक कालोपत्र भएपछि हिउँदमा धुलो र बर्खामा हिलाम्मे सडकबाट मुक्ती मिलेको अर्थुङ्गेका बासिन्दाले बताएका छन् । प्रदेश सरकारले कालोपत्र गरेको भन्दा अगाडी देखि एक्लेपिपल, जामुनाखर्क, जम्रेनी खण्डमा बेनी नगरपालिका मार्फत नाली निर्माण र ढलानको काम अन्तिम चरणमा पुगेको छ ।

यो सडक बेनी नगरपालिकाको ६, ९, १०, रघुगंगा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् । बेनी देखि अथुङ्गे सम्मको ३ किलोमिटर मध्य अधिकांश खण्डमा ढलान र कालोपत्र भएपनि यातायात भाडा भने कच्चि सरह तिर्नुपरेको अर्थुङ्गेका मुक्ति ढुंगानाले गुनासो गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...